
यु एम बचत तथा ऋण सहकारी संस्था लि को ११औँ बार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ । बिभिन्न आर्थिक संकटको बिचमा पनि उत्साहपूर्ण नाफा आर्जन सहित बाह्रबिसे सेवा केन्द्रले सदस्यहरुको बिच कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रमुख अथितिको आतिथ्यमा बाह्रविसे नगरप्रमुख बालकृष्ण बस्नेतले नगरको शिक्षा र अर्थतन्त्र एकआपसमा जोडेर अगाडि लग्दा सहि तरिकाले विकासमा लाग्न सकिने बताउनुभयो ।
आफूले पनि पूर्व अवस्थामा सहकारीको अध्यक्ष पूर्व भूमिका निर्वाह गरी कार्य सम्पादन गरेकाले- सहकारीले कृषि ,शिक्षा, ग्रामीण अर्थतन्त्र सबल बनाउन सक्ने उहाँको दाबी छ । हाल नगरलाई को निशुल्क शिक्षा योजना अनुरुप नगरभित्र सहकारीले शिक्षा क्षेत्रमा दिनुपर्ने योगदानलाई अन्य शीर्षकमा लगाउन सक्ने हुँदा त्यसले विकास योजना सम्पन्न गर्न सहज हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा बिभिन्न क्षेत्रमा उत्कृष्ट सेवा दिन सक्ने र ऋणि , बचतकर्ता आदि शिर्षकमा सम्मान समेत गरेको छ ।







