
भदौ २८ गते, सिन्धुपाल्चोक बाह्रबिसे । श्री कर्थली जनज्योति सामुदायिक विकास सहकारी संस्था लिमिटेडले आगामी अशाेज १० गते २१ औं वार्षिक साधारणसभा गर्ने भएको छ। उक्त कार्यक्रम संस्थाकाे भवनमा गरिने सहकारीले जनाएको छ।
संस्थाले वार्षिक साधारणसभामा अतिथिकाे रुपमा उपस्थिति हुनकाे लागि सहकारीमा महत्त्वपूर्ण याेगदान पुर्याएका विशिष्ट व्यक्तिहरूलाई पत्र काटि सकेको छ।
त्यसैगरी सहकारीका अध्यक्ष किष्णबहादुर तामाङले आफ्न सम्पूर्ण सदस्य र पदाधिकारीहरुलाई पनि साधारणसभामा अनिवार्य रुपमा उपस्थित जनाउनकाे लागि अनुरोध गर्नुभएको छ।
त्यस्तै सहकारीका सम्पूर्ण सदस्यहरुलाई बाेनस सेयर पनि दिइने निर्णय गएको अगष्ट ८ तारिख बिहीबारका दिन बसेकाे सहकारीको बैठकले निर्णय गरेको बताएको छ।







