
विरगञ्ज, विरगञ्ज हेल्थ केयर कोरोना बिशेष अस्पतालबाट २ जना कोरोना सङ्क्रमित भागेका छन । राती करिब २ बजेतिर राउण्डमा सङ्क्रमितलाई स्वास्थ्यकर्मीले नदेखेपछी प्रहरीलाई खबर गरेका थिए ।
अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका प्रहरीको छ । उनीहरुको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिएका छन ।







