आफ्नो घरकाे अबस्था,पिडाबेथाहरु एक दिनका लागि भए पनि चटक्क विर्सीएर छमछम साथि संगि र दिदिबहिनीहरुसँग खुशी हुने दिन नै तीज हाे । याे पर्व हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिन्छ भने नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउदै आइरहेका छन् ।
तीज पर्व देशभर मनाइन्छ भने विदेशमा रहेका नेपाली महिलाहरुले पनि मनाउने गर्छन्। भन्ने गरिन्छ आद्या शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएकाे पाइन्छ । त्यसैगरी पत्रकार सविना कार्कीले पनि प्रत्येक वर्ष तीजकाे व्रत लिदै आएकी छन् । तीज नेपाली महिला दिदिबहिनीहरुले आफ्नो क्षमता अनुसार मनाउने गर्नु पर्दछ । पछिल्लो समय तीजमा प्राय अरुकाे देखासेखी गर्ने प्रचलन बढ्दै गएकाेले महिला दिदिबहिनीहरुले आफ्नो परिस्थिति अनुसार तीजमा सजीने र आफ्नो परिवारमा खुशी,सद्भाव माया रहने गरि याे पर्वलाई मनाउन जरुरी रहेकाे उनको भनाइ छ ।



पत्रकार सविना कार्की पछिल्लो समयमा मलाय खबरबाट प्रशारण हुने कार्यक्रम परदेशीकाे आवाज सञ्चालन गर्दै आइरहेकी छन् ।कार्यक्रममा परदेशमा रहेका नेपाली श्रमिकहरुकाे समस्या समाधानका बारेमा विषयहरु उठान हुदै आएको छ। उनले मलेसिया कुवेत लगाएत ठाउँमा समस्यामा परेका केही नेपाली श्रमिकहरुलाई कार्यक्रम मार्फत उद्वार गर्न सफल भएको छ। तीज पर्वले आफ्नो जीवनमा निकै महत्त्वपूर्ण अर्थ राख्ने भन्दै पत्रकार कार्कीले हरेक वर्ष निर्जल व्रत राख्ने गरेकी छन् ।
तीजको समयमा पनि एकलै फाेटाे सुट गर्न मन पराउने पत्रकार सविनाकाे तस्बिरहरु

तीजकाे महत्त्व
नेपाली परम्परामा तीज महिलाहरूले मनाउने महत्त्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्त्वलाई जस्तो तरिकाले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा तीजको एकदमै महत्त्व रहेको छ ।

खासगरी माइतीघरमा महिलाहरूलाई तीजमा मीठा मीठा भोजनहरू खुवाइन्छ, नयाँ कपडा उपहारको रुपमा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको अविवाहिता केटीहरू राम्रो श्रीमान पाउ भनी बर्त बस्ने गर्छन् ।

दरकाे महत्त्व
तीज जात्राको अघिल्लो दिन दर खाने गरिन्छ ।माइतीले (बाबु आमा,दाजुभाइ) छोरी चेली लाई उनकाे कर्म घरमा गई लिएर आउने मीठा परिकारहरु खुवाउई मनका भावना एवम् सुखदुख साटासाट गरी चेलिहरुले घरकाे नन्द,आमाजु,सासू ससुरा र श्रीमानले दिने मायाका बारेमा पनि धक नमानी यश तिज पर्वमा यथार्थ साट्ने गरेकाे पाइन्छ ।

यस दिन विशेष महत्त्वकासाथ दर खाने गरिन्छ।
यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाउँअनुसार विभिन्न मिठा-मिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ।
आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म पनि नपिइ बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो।

नेपालमा तीज मनाउने तरिका
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमीलाई पनि तीज पर्वकै रूपमा मनाइन्छ। खास गरी यसमा स्त्रीहरूले पतिको निम्ति निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन्। यो दिन महिलाहरू बिहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी बर्त बस्ने गर्दछन्। बेलुकीपख घर, गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहि आएको छ।

निर्जला बर्त भनिए पनि आजभोलि महिलाहरू मध्यान्हमै पूजा,आराधनापश्चात् फलफूल ग्रहण गर्ने गर्दछन्।















