
काठमाडौं, भाद्र शुक्ल पञ्चमिको दिन नेपाली नारिहरुले सप्त ऋषिको पुजा अरधना गरेर ऋषि पञ्चमि मनाउने गर्छन । बिहान सबेरै उठेर कसैसँग पनि नबोली नजिकको नदि, खोला, ताल वा पोखरिमा गई ३६५ वटा दत्तिउनले दाँत मझ्ने, गाईको गोबर, माटो र खरानी लागाई स्नान गर्ने गर्दछन ।
रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।
बिश्व महामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको प्रभाव नेपालमा पनि परेकोले अहिलेको विषम परिस्थितिमा मुलुकभरका ऋषेश्वर मन्दिरमा पुजा आरधनाका साथै स्नान र भिड हुन रोक लगाइएको छ ।
अघिल्लो बर्षहरुमा ऋषि पञ्चमिमा यतिखेर भिड लाग्ने धार्मिक स्थलहरु अहिले निषेधाज्ञाका कारण सुनसान रहेको छ ।







