
काठमाडौं, काठमाडौंको बालुवाटारस्थित महेन्द्र माध्यमिक विद्यालयमा आज रक्तदान र नि:शुल्क स्वास्थ्य सिविर संचालन गरि सम्पन्न भएको छ । स्वास्थ्य शिविरमा १०० भन्दा वढि विद्यार्थी र अभिभावकको बाक्लो उपस्थिति रहेको थियो भने रक्तदानमा ५० भन्दा बढि दाताहरुले रक्तदान दिएका छन् ।


साथसाथै नि:शुल्क दन्त शिविर लगाएत फिजियो थेरापि, रगत परिक्षण र थाइराइड परिक्षण गरिएको थियो । यसमा उपस्थित, विद्यालयका शिक्षक, शिक्षिका र छात्र छात्राहरुलले लाभ लिएका छन् ।
यसैगरी १०० यस ग्रुप, जाग्यो नेपाल र त्रिरुपाती पिक्चर्सको सहकार्यमा संचालन भएको उक्त कार्यक्रममा १०० यस को तर्फवाट आशिश डाँगी, जाग्यो नेपालका विजय कँडेल र त्रिरुपाती पिक्चर्स बाट सुनिता भट्टराईको उपस्थिती रहेको थियो ।
साथै खान डेन्टलबाट कलम खान (कोअर्डिनेटर) उपस्थित रहेको थियो । यसका अलवा विभिन्न व्यक्तित्वहरुले रक्तदान दिएर कार्यक्रमलाई भव्य र सभ्य तरिकाले समापन गरियो ।







