
काठमाडौं, नुवाकोट स्थायी घर भई हाल काठमाडौंमा फलफुल व्यापार गर्दै आएका ३१ वर्षीय प्रेम प्रसाद रिमाल शनिबारदेखी बेपत्ता छन् । नुवाकोट जिल्लाको बिदुर नगरपालिका-१२ का स्थानीय रिमाल काठमाडौं महानगरपालिका-१४ कुलेस्वरमा डेरा गरि बस्दै आएका थिए ।
शनिबार बिहान १० बजे पसलको पैसा उठाउने भन्दै बा ७६ प ३८४५ नम्बरको एभेन्जर मोटरसाइकलमा निस्किएको उनी एकाएक सम्पर्कविहिन बनेका हुन् । उनका पारिवारिक स्रोतका अनुसार परिवारले आइतबार १२ बजेसम्म लगातार फोन गर्दा उनको मोबाइल अझैसम्म पनि अफ छ ।
अन्य समयमा पनि प्रायः उनको मोबाइल अफ हुने भएकाले परिवाले खासै ध्यान दिएनन् । तर रिमाल एकाएक गायब भएपछि पारिवार आफन्त र नातागोता सबैतिरबाट खोजी हुँदासमेत उनी सम्पर्कमा आएका छैनन् । उनलाई खोज्ने लगातार प्रयासका बाबजुत पनि हालसम्म सम्पर्कमा नआएकाले परिवारका सबै सदस्य चिन्तित बनेका छन् ।
परिवारले आफ्नो मान्छेको खोजी गरिदिन सबैमा आग्रह गरेका छन् भने उनलाई फेला पारेमा नजिकैको प्रहरी चौकी (१००) मा अथवा निजको भिनाजुको सम्पर्क नम्बर ९८४३३६१३६४ मा सम्पर्क गरिदिन सबैमा अनुरोध गरेका छन् ।







