
राप्ती, राप्ति नगरपालिका -१३ कान्दास्थित निवासी १२ वर्षिया बालिका सम्झना चेपाङलाई खोलाले बगाएर मृत्यु भएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले सञ्चारमाध्यमलाई जानकारी दिएका छन ।
उनका अनुसार खोलाले चेपाङ्गलाई शुक्रबार दिउँसो बगाए र राति अबेर उनको शव भेटिएको बरालले जानकारी दिए । घटना स्थलमा आज प्रहरी जाँदै गरेको उनले बताए ।
चितवन र धादिङको सिमानामा पर्ने सो ठाउँ भण्डारादेखि उत्तरमा पर्दछ । उक्त स्थामान पुग्न सडक अफ्ठ्यारो रहेको छ । बाटो बिग्रेका कारण गाडी नचल्दा पैदलै जानुपर्ने भएकाले समय लाग्ने प्रहरीले जनाएको छ । सभार रातोपाटि







