
वीरगन्ज, नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ जना संक्रमित बारा, एक जना रौतहट र बाँकी पर्साका बासिन्दा हुन् ।
६० जना संक्रमितमध्ये २५ जना पर्साको पर्सागढी नगरपालिकाका बासिन्दा हुन् । जसमध्ये १७ जना संक्रमित वडा नम्बर ६ वागेश्वरीका बासिन्दा हुन् । ठोरी गाउँपालिकाको वडा नम्बर १ मा दुई जना र वडा नम्बर ४ मा एक जनामा कोरोना देखिएको छ ।







