April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

एउटै रुखमा झुण्डिएर रिवारका ३ जनाले गरे आत्महत्या

बझाङको बुङ्गल नगरपालिका–९ रारुमा एकै परिवारका ३ जनाले एउटै रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार आमा, छोरा र छोरी झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

रारुका २२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीया छोरा भुपेन्द्र पार्की झुण्डिएको अवस्थामा भेटिएका इन्स्पेक्टर अवस्थीले लोकान्तरलाई जानकारी दिए । मृतक ५ वर्षीया बालिकाको नाम खुलेको छैन ।
मंगलवार राति उनका पति पुष्कर पार्की भारतबाट घर आएका थिए । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ जाँदैछ ।

इन्स्पेक्टर अवस्थीका अनुसार सडक नपुगेको ठाउँ भएकाले प्रहरी त्यहाँ हिँडेर जाँदैछ । ‘विकट ठाउँमा छ, सवारीसाधन जाँदैन, हामी हिँडेर जाँदैछौं, २ घण्टामा पुग्छौं,’ इन्स्पेक्टर अवस्थीले लोकान्तरसँग भने ।okaantar

शीर्ष समाचार

धेरै पढिएको