September 29, 2023, Friday
२०८० आश्विन १२, शुक्रबार

बाटो क्रस गर्ने क्रममा सवारी दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु

दक्षिण कोरियामा कार्यरत एक नेपालीको मंगलवार सवारी दुर्घ’टनामा परी ज्या’न गएको छ । कोरियाको ख्यङगीदो प्रान्त स्थित पोछनमा भएको दुर्घ’टनामा सुर्खेतका जीवन मगरको ज्या’न गएको कोरियाका नेपाली दोभाषे सहयोगी मुक्त गुरुङले जानकारी दिए ।

मगर ईपियस भाषा परीक्षा उत्तिर्ण गरी ३ वर्ष अघि कोरिया आएको बताईएको छ । गर्मी विदामा साथीहरुसँग घुमेर मंगलवार साँझ आफ्नो कोठामा फर्किएका मगर खानेकुरा किन्न भन्दै बाहिर निस्किएको र बाटो काट्ने क्रममा सवारी साधनले ठक्कर दिएको उनका सहकर्मीलाई उद्धृत गर्दै गुरुङले जानकारी दिए ।

साँझ निस्किएका मगर विहान सम्म पनि नफर्किएपछि उनका सहकर्मीहरु खोज्न जाँदा साईकल र चप्पल भेटिएपछि प्रहरीसँग सोधपुछ गर्दा घटनाका विषयमा जानकारी पाएको उनिहरुले बताए ।

घटनाका विषयमा दूतावासलाई जानकारी गराईसकिएको र श’व पोछन स्थित स्थानिय अस्पतालमा राखिएको गुरुङले बताए ।

कोरियामा ईलेक्ट्रीक स्कुटर चलाउन समेत लाईसेन्स आवश्यक पर्ने भन्दै गुरुङले साईकल देखि मोटरसाईकल चलाउँदा अति नै संवेदनसिल हुन आग्रह गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको