
काठमाडौं, माधवनारायण नगरपालिका २, रौतहट खेसरहियास्थिय हनुमान मन्दिरका पुजारिको हत्या गर्ने अपराधिलाई कडा भन्दा कडा कारबाहीको माग राप्रपा निकट विद्यार्थी संगठनले गरेका छन । अपराधीलाई जतिसक्दो चाँडो नियन्त्रणमा लिई गम्भीरतापुर्वक कानुनीबमोजिम सजाय गर्न सरकारसँग उक्त संगठनले माग गरेका छन ।
‘उक्त गम्भिर अपराधिक घटनाको घोर निन्दा एवम् भत्र्सना गर्दै निष्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु । साथै नेपाल सरकारलाई यो कुरामा गम्भिर हुन आग्रह गर्दछु,’ राप्रविसं (संयुक्त) का अध्यक्ष धनसुर शाहीले शुक्रबार जारी विज्ञप्तिमा भनेका छन् । ‘जुन राष्ट्रले साधु सन्तको जीवन रक्षा गर्न सक्दैन, त्यो राष्ट्र पतन भएर जाने निश्चित हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।







