
काठमाडौं, काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले एकैदिन २ हजार ४७५ जना सवारी चालकलाई कारबाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक नियम उल्लंघन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको हो ।
यसैगरी सो कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने १४६, लेन अनुशासन पालना नगर्ने १३०, रेड लाइटको पालन नगर्ने ५३ र नम्बर प्लेट नदेखिने गरी राख्ने ४० जना सवारी चालक छन् भने २ हजार १०६ जना सवारी चालकलाई अन्य कारवाही गरिएको छ ।







