
काठमाडौं, पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना पुष्टि भएको छ भने कुल सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका छन ।
शुक्रबार कोरोनामुक्त भई १८२ जना डिस्चार्ज भएका छन भने देशभर कोरोनामुक्त हुनेको सङ्ख्या १८ हजार २१४ रहेको मन्त्रालयले जनाएको छ ।







