
हाम्रो कान्तिपुर संवाददाता
सिन्धुपाल्चोक–जिल्लाको का“ठे भाकाका पुराना लोकगायक÷सर्जक सुनकोसी गाउ“पालिका वडा ७ स्वा“रा गाउ“का ५७ वर्षका हरेराम कार्की आफ्नो गीतको लय चोरिएको भन्दै न्याय मागिरहेका छन् ।
हालै ०७९ साल जेठको अन्तिममा निस्किएको गीतको एल्बम ‘माया धेरै भो’ मा आफ्नो लय चोरि भएको पाएपछि उनले स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई गुहारिरहेका हुन् ।
शान्तिश्री परियार , मेक्सम खाती, नरेश खातीको स्वर रहेको गीत युट्बमा आएस“गै एक लाख ८० हजार भ्यूर्अससहित केही चर्चा पनि बटुल्न भ्याएको छ ।
यही लयमा कार्कीले ०४७ सालमा रेडियो नेपालमा ‘जता टेक्यो कदम ’ भन्ने पहिलो बोल भएको लोकगीत रेकर्ड गराएको बताए । ‘यो गीत सुनेपछि अनुमति नलिई लय चोरेको देखिएपछि कानुन बमोजिम आवश्यक कारबाही गरिपाउ भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरीमा निवेदन दिएको छु,’लोकगायक कार्कीले भने । जिल्लाबाट उजुरी दिन नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय हु“दै हनुमान ढोका पुगेर गुहार मागेको उनको भनाइ छ ।
पुराना स्रष्टाका गीतलाई अनुमति नै नलिई तोडमोड गरेर आफ्नो नाम दिएर दाम कमाउने धन्दामा कतिपय युवा गायक÷गायिका तथा सगितकार लागेको उनले आरोप लगाए ।
जोशीकाझै दुरुस्तै यसअघिका सालमा आफ्नो दर्जनौ गीतमध्ये कार्कीले पा“च वटा गीत÷लय चोरी भएको उनले बताए । ‘कपिराइट भएको भन्दै अर्को निवेदन दि“दैछु , स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई यसअघिदेखि निरन्तर गुहार्दै आइरहेको छु ,न्याय माग्दा माग्दै हैरान भइयो, ’कार्कीले भने ।
उनका अनुसार एउटा लोकभाकालाई दोहोरो रुपमा समेत चोरी गरेको पाइएको छ ।







