
काठमाडौं, तीजको दिनको नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजोको मुल्यमा नै आज सुनको कारोबार गर्न सकिने बताएका छन ।
महासंघका अनुसार हिजो सुनको मुल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ थियो । आज पनि सोही मुल्यमा कारोबार गर्न सकिने छ । यस्तै, तेजावी सुनको पनि प्रतितोला रु. ९८ हजार ३०० मा कारोबार गर्न सकिने महासंघको भनाइ छ ।
तर, आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँल बढेको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजर ३६० रुपैयाँ तोकिएको थियो । आज भने रु। १ हजार ३७० मा चाँदीको कारोबार गर्न सकिने छ ।







