
श्रावण २ गते । नेपाल तराइ समाज दक्षिण कोरियाले विभिन्न ५ विद्यालयलाई ६० थान पङ्खा सहयोग गरेकाेछ ।
हाल रौतहट जिल्लाको श्री ज्ञान् कुन्ज इङलिस स्कुल बौद्धिमाइ न: पा : ०२ इनर्वामा अवस्थित रहेको बिधालय लाई १२ थान हस्तान्तरण गरेकाेछ ।
त्यसैगरी रौतहटको बौद्धिमाइमा अवस्थित रहेको विद्यालय श्री माध्यमिक बिधालय वार्ड ४ इनरवारि लाई १० थान त्यसै गरि उक्त न: पा: को वार्ड न: ३ मा रहेको श्री प्राथमिक बिधालय लाई ८ थान, त्यसै गरि बारा जिल्लामा रहेको श्री नेपाल राष्ट्रिय अधारभुत बिधालय कलैया उ: म: न: पा: १६ उतर झिटकैया लाई १० थान, त्यसै गरि बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ काे खजानि टोल मा अबस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिध्यालयमा २०, ओटा सेलिङ पङ्खा सहयोग प्रदान गरेकाे नेपाल तराई समाज दक्षिण काेरियाका अध्यक्ष अवदेशराज चाैरासीयाले बताएका छन् ।
जसमध्य नेपाल तराइ समाज दक्षिण कोरिया द्वारा १० थान सेलिङ् पङ्खा त्यसैगरी त्यहाँको स्थानिय निबासि श्री बचु कुशवाहाबाट ५ थान र साेहि ठाउँका केहि स्थानिय सामाजिक अभियान्ता सुपेन्द्र कुस्वाह लगायतले ५ वटा गरि जम्मा सबै बिधालय लाई ६० थान पङ्खा विभिन्न विद्यालयका प्रधानाध्यापक शिक्षक स्थानीय र विद्यार्थीहरुको उपस्थितमा हस्तान्तरण गरिएको छ।
त्यसैगरि उक्त विद्यालयमा स्थानीय सरकार र वडा अध्यक्षले पनि व्यवस्थापन र शैक्षिक प्रणाली बारे खासै नेहेरेकाे गुनासोहरु बढ्दाे छ।
विद्यालयकाे व्यवस्था र असुविधा जनाउँदै विद्यार्थीहरु आन्दोलित समेत भएका थिए । २ महिना देखि स्कुल बन्द समेत हुन पुगेको बुझिएको छ। विद्यालयमा अनुकाल वातावरण नहुदा पठनपाठनमा समेत विद्यार्थीलाई समस्या आएकाे थियाे ।
नगरले पाठ्यपुस्तककाे अभाव हुदा,विद्यालयमा सिजन अनुसारको कक्षाका व्यवस्थापन गर्नमा जाेड नदिदा याे गर्मि याममा विद्यार्थीहरु यकदमै कष्टकर रुपले विद्यालयमा पठनपाठन गर्नु परेकाे गुनासो रहेको र विद्यार्थीहरु लाई कहिले बिरामी को सामाना गर्नु पर्ने जस्तै टाउको दुख्ने जुवारो नआउने जस्तो रोग ले गार्दा बिद्यार्थीहरु स्कुल आउन अप्ठ्यारो मानिरहेको हुदा । उक्त अवस्थालाई मध्य नजर गर्दै त्याँहाका समाजिक अभियानताहरु जनार्दन चौरसिया,सुपेन्द्र कुशवाहा,जयराम गुप्ता , रितेश साह, तुरन्तनारायण यादव, निकलेश कुशवाहा, त्यसै गरि यो संस्थाका कोषाध्यक्ष अजय कुशवाहा,उपाध्यक्ष रामपुकार ठाकुर लोहार, त्यसैगरी यो संस्था को सचीव प्रमोद दास लगाएत सम्पुर्णको विशेष अपिलमा नेपाल तराई समाज दक्षिण कोरियाले अनुकुल हुने गरि सहयोग गरेकाेछ ।







