
काठमाडौं, पछिल्लो २४ घण्टामा उपत्यकाका २०० जनासहित देशभर ७०७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कुल संक्रमितको सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको छ । देशभर ११ हजार ७ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन ।
बिहिवार कोरोनामुक्त भई २६५ जना डिस्चार्ज भएका छन भने हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार ९ सय ६४ रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका छ ।
आज कोरोनाको कारण ६ जनाले ज्यान गुमाएसँगै नेपालमा कोरोनाबाट मृत्युु हुनेको सङ्ख्या १२६ पुगेको छ ।







