
आफूले पदबाट राजीनामा नदिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । पछिल्लो समय अर्थमन्त्री शर्माको राजीनामा मागिएको छ। तर, मन्त्री शर्माले भने कुनैपनि हालतमा आफूले राजीनामा नदिने प्रतिक्रिया दिएका छन् ।
रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले भने,‘मैले किन राजीनामा दिने ? के गल्ती गरेको छ र ?’ माओवादी केन्द्रको आज विहान बसेको सचिवालय बैठकमा समेत अर्थमन्त्री शर्माले राजीनामा दिन नपर्ने कुरा उठेको थियो ।
कांग्रेसकै सांसद गगनकुमार थापाले अर्थमन्त्रीको राजीनामा मागेको बेलामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने अर्थमन्त्री हटाउने पक्षमा छैनन् ।







