
भारतीय दूतावासमा आज सोमबार मृत्यु भएका सुरक्षाकर्मीको पोस्टमार्टम भएको छ ।
शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएको हो । अस्पतालका अनुसार मृतक ३२ वर्षीय भारतीय नागरिक दीपक सिंह हुन् ।
सोमबार दिउँसो भएको घटनामा सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेको दूतावासले जनाएको छ ।
गोली चलेको थाहा पाएपछि नेपाल प्रहरीको टोली दूतावास पुगेपनि दूतावासभित्र भारतीय नागरिकको मृत्यु भएकाले आफैँ अनुसन्धान गर्ने दूतावासको भनाइ थियो ।
यसअघि दूतावासमा सन् २००५ मा गोली हानाहान हुँदा दुई भारतीय सुरक्षाकर्मीको मृत्यु हुनुका साथै एक जना घाइते भएका थिए ।







