नेपाल पर्वतारोहण संघद्वारा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू फेरि प्रधानमन्त्री बन्ने संकेत गरेका छन् ।

अर्कोपटक प्रधानमन्त्री बनेमा तमाम विसंगतिमाथि प्रहार गर्ने बताए । प्रचण्डले भने,‘अर्कोपटक प्रधानमन्त्री बनेमा तमाम विसंगतिमाथि प्रहार गर्छु ।’ उनले आफू दुईपटक प्रधानमन्त्री बनेकोमा दोस्रोपटक थोरै समयमा पनि धेरै काम भएको दाबी गरे । देशको एकतामै चुनौती आउँदा मिलाउन सकेको बताए ।







