
काठमाडौं, ४ असार गते। गएको २४ घण्टामा ४९ जना संक्रमित थपिएका छन् । २ हजार ४९४ जनामा कोरोना परिक्षण गरियकोमा पीसीआर विधिबाट ३३ जना र एन्टीजेन परिक्षण विधिबाट १६ जना गरि ४९ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा १२ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९६७३४२ जना पुगेका छन् ।
त्यस्तै आज मृत्यु संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ जना पुगेका छन् ।








