
काठमाडौं – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एजेन्सी सम्पर्क कार्यालय भदौ १ गते सोमबार उद्घाटन भएको छ ।
टाेखा नगरपालिका ८ बानियाटार, जाल्पाचाेकमा उक्त सम्पर्क कार्यलयकाे उद्घाटन गरिएको हाे । युनियन लाइफ इन्स्योरेन्स कम्पनिकाे स्टार एजेन्सी म्यानेजर राजुप्रसाद श्रेष्ठको नेतृत्वमा उक्त सम्पर्क कार्यलय सञ्चालन हुनेछ । युनियन लाइफ इन्स्योरेन्स कम्पनिका सिइओकाे अनुमतिमा एजेन्सी सम्पर्क कार्यलय खाेलिएकाे सञ्चालक राजुप्रसाद श्रेष्ठले जानकारी दिए । सम्पर्क कार्यलय उद्घाटनमा डिपिएच प्रदेश प्रमुख हरि प्रसाद ढुङ्गाना, ब्रान्च म्यानेजर राधादेवि श्रेष्ठ , लगाएको उपस्थित रहेकाे थियो ।







