
काठमाडौं, उपत्यकामा निषेधाज्ञा गरेसँगै उपभोक्ता समानको मुल्य र निषेधाज्ञा बढ्ने डरले आत्तिएर एकैपटक धेरै सामान खरिद गर्ने गर्छन । तर सरकारले बुधबार मध्यरातबाट एक सातको लागि निषेधाज्ञा जारी गरेको छ ।
वाणिज्य तथा आपूर्ति तथा उपभोक्ताले हालाको लागेर हतारमा धेरै सामान खरिद नगर्न आह्वान गरेको छ । निषेधाज्ञाको अवधिमा पनि आवश्यक पर्ने सामान निरन्तर आपूर्ति हुने विभागका महानिर्देशक नेत्रप्रसाद सुबेदिले गोरखापत्रलाई जानकारी दिएका छन ।]
बजारमा कालो बजारी गर्ने र सामानको मूल्य बढाउने व्यापारीमाथि अनुगमन भइरहेको र निषेधाज्ञाको समयमा पनि बजार अनुगमन निरन्तर हुने उनले बताएका छ्न ।
तरकारीलगायत केही सामानको मूल्य यसअघि केही बढेको भएता पनि अहिले मूल्य सामान्य अवस्थामा आएको जानकारी दिँदै सामानको मूल्यवृद्धि गर्ने जोकोही भएता पनि कारबाही गर्ने बताएका छ्न ।
नेपाल औषधि उत्पादक सङ्घका पूर्वअध्यक्ष दीपकप्रसाद दाहाल हाल आवश्यक पर्ने औषधिको मौज्दात रहेको र बाहिरबाट पनि निर्यात भइरहेकाले औषधिको अभाव हुन्छ की भनरे डराउने अवस्था नरहेको बताउछन् ।





