
वीरगंज , कोभिड एक्सन टिम (क्याट) को पहलमा नारायणी अस्पतालमा आज विहान वीरगंज १३ का युवाहरुले खाना खुवाएका छन् । नारायणी अस्पतालमा उपचारत खानाको समस्या भएका बिरामीहरुलाई युवाहरुले खाना खुवाएका हुन् ।यस्तै आफुहरु साउन १ गतेदेखी नै वीरगंजमा खानाको समस्या भएकाहरुलाई खाना खुवाइरहेको वीरगंज १३ का वडाध्यक्ष तुफान अन्सारीले वताए ।
वीरगंजमा लामो समयदेखी जारी निषेधाज्ञाका कारण प्रभावित भएकाहरुको लागि साउन १ गतेदेखी राधेमाईको रामजानकी मन्दिरमा आफुहरु खाना खुवाउदै आएपनि मंगलबार सांझदेखी जिल्ला समन्वय समिति पर्साको प्राङगणमा खुवाउन थालेको उनले जानकारी गराए ।वडाका युवाहरुको सहयोगमा असहाय, गरिब, रिक्सा चालक, ठेला चालका लगायतकालाई खाना खुवाउदै आएको अन्सारीले वताए । यसै क्रममा क्याटका सदस्य तबरजे अहमदको आग्रहमा बुधबार विहान नारायणी अस्पतालमापनि खाना वितरण गरिएको उनले जनाए ।
वडाध्यक्ष अन्सारी सहित वीरगंज १३ का युवा राजकुमार महतो, संदिप यादव, अमिन मियाँ लगायतकाले असहायलाई खाना खुवाउदै आएका छन् ।क्याटले मंगलबार वीरगंज बसपार्कमा अलपत्र परेका एक बिरामीलाई नारायणी अस्पतालमा पुर्याएर भर्ना गराएको थियो । क्याटका सदस्य संजिव मिश्राको मोबाइलमा फोन आएपछि क्याट समुह त्यहाँ पुगी अलपत्र परेका बिरामीलाई नारायणी अस्पतालमा पुर्याएर भर्ना गराएको थियो ।अस्पताल पुगेका हाम्रो समुहलाई ति बिरामी लगायत केहीलाई खानाको समस्या बारे थाह पाएपछि पहल गरिएको क्याटका सदस्य श्याम पटेलले बताए।





