शुक्रबार माइतीघरमा फरक किसिमको प्रदर्शन भएको छ । प्रदर्शनकारीले पुरुष हिंसाको विरोध गरे । उनीहरुले ‘पुरुष हिंसा अन्त गर !’ ‘पुरुष अधिकार सुनिश्चित गर !’ भन्दै नारावाजी गरे ।
प्रदर्शनकारीले कलाकार पल शाहको पक्षमा नारावाजी गरेका थिए । उनीहरुले पल शाहमाथि अन्याय भएको दाबी गरेर नारावाजी गरेका थिए । अदालतमा भ्रष्टाचार भएको आरोप समेत लगाए । प्रदर्शनमा अधिकांश महिला नै थिए ।

नाबालिग बलात्कारको अभियोगमा पल शाह थुनामा छन् । उनले थुनाबाहिर रहेर अभियोगको सामना गर्नपाउनुपर्ने माग गर्दै दिएको निवेदन उच्च अदालतले अस्वीकृत गरिदिएको छ ।जबरजस्ती करणी आरोपमा थुनामा रहेका नायक शाहको रिहाइको माग गर्दै आन्दोलन सुरु भएको छ। ‘हाम्रो टिम नेपाल’ ले माइतीघरमा विरोध प्रदर्शन गरेकाे हाे।







