
नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा धरौटीमा रिहा भएका छन् ।जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा लामा आज ३ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।पक्राउ परेका लामा बौद्ध भिक्षु हुन् ।
आजमात्रै लामाको रिहाको माग गर्दै काठमाडौंको केएल टावरमा प्रदर्शन गरिएको थियो ।लामामाथि नायिका मगरमाथि सिभिल मल परिसरमा दुर्व्यवहारगरेको आरोप छ ।







