
मोरङ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक संक्रमितको बुधबार मृत्यु भएको छ । धरान उपमहानगरपालिका १५ की ७१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन ।
उक्त महिलालाई खोकी लाग्ने, ज्वरो आएको र श्वास फेर्न गाह्रो भएको र उनले दम र हृदय रोगको उपचार गराइरहेको सापकोटाले बताए ।





