
ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी हुनुभएको छ ।नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई फराकिलो मतान्तरमा पराजित गर्दै महर्जन विजयी हुनुभएको हो ।
२०७४ मा पनि महर्जनले व्यञ्जनकारलाई हराउनुभएको हो ।उपपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित हुनुभयो । माओवादी केन्द्रका बाबुराम बज्राचार्यलाई हराउँदै शाक्य निर्वाचित हुनुभएको हो ।अन्तिम मतपरिणामको औपचारिक घोषणा केहीबेरपछि हुँदैछ ।







