
काठमाडौं, नेपालको राष्ट्रिय झन्डा जलाएर म्युजिक भिडियो बनाउने मुख्य अभियुक्त ग्याल्जोम दोर्जे सहित नौ जनालाई प्रहरीले पक्राउ गरेका छन ।
समाजिक सञ्जालमा उक्त म्युजिक भिडियो बनाउने ग्याल्जोमसहित अहिलेसम्म नौ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन ।
उक्त भिडियो मंगोल हप युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको थियो । भिडियोमा कुनै जाती विशेषलाई गाली गरिएको छ भने ढाका टोपी र झन्डाको अपव्याख्या गरिएको छ ।





