भरतपुर महानगरपालिकाको मतगणना जारी छ । आज विहान साँढे तीन बजेसम्मको ८ हजार ५ सय ९१ मत गन्दा मेयरमा एमाले-राप्रपा गठबन्धनका साझा उम्मेद्धवार विजय सुवेदीले अग्रता लिएका छन् ।

सुवेदीले ३०७५ मत प्राप्त गर्दा सत्ता गठबन्धनकी साझा उम्मेद्धवार रेनु दाहाल ३०४६ मत ल्याएकी छिन् ।
त्यस्तै, मेयरका स्वतन्त्र उम्मेद्धवार जग्गनाथ पौडेलले १०३७ मत प्राप्त गरेका छन् । उपमेयरमा भने सत्ता गठबन्धनका चित्रसेन अधिकारी ३३०१ मत ल्याएर अगाडि छन् ।







