February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

बैंगलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लेको हो ।

पुनेमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बैंगलोर १९ ओभर ३ बलमा १०५ रन बनाउन सक्यो ।​ बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन जोड्दा वानिन्दु हसरंगाले १८ रन बनाए ।

त्यस्तै साहबाज अहमेदले १७ रनको योगदान गरे ।​बलिङततर्फ राजस्थानका लागि कुलदिप सेनले ४ विकेट लिए । त्यस्तै रविचन्द्र आश्विनले ३ तथा प्रसिद्ध किसनले २ विकेट लिए ।

शीर्ष समाचार

धेरै पढिएको