September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

गठबन्धनबाट जसपा बाहिरियो

चितवनको भरतपुरमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी बहिरिएको छ । पार्टीका भरतपुर अध्यक्ष अनुज जोशीले उक्त जानकारी दिएका हुन् ।

गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावनालाई गम्भीर चोट पुग्ने गरि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कार्य गरेको अध्यक्ष जोशीको आरोप छ ।हिजाे प्रकाशित विज्ञप्तिमा गठबन्धनका पछिल्ला बैठकहरुमा आफ्नो पार्टीलाई खबर नगरी २९ वटै वडामा अध्यक्षसहित सदस्यहरूमा एकलौटी ढंगले बाँडफाँड गरिएकाले गठबन्धनमा बस्न नसकिने उल्लेख छ ।

उनले वडाध्यक्षसहित सदस्यहरूमा आफ्ना उमेदवारलाई मित्रवत प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । साथै, उनले महानगरभित्रका उम्मेदवारद्वारा एक्लै कुनै पनि सहमतिजन्य क्रियाकलाप नगर्न पनि निर्देशन दिएका छन् । jana astha

शीर्ष समाचार

धेरै पढिएको