February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

आचारसंहिता विपरीत चन्द्रागिरि नगरपालिकाबाट वितरण गर्न लागिएको ११० थान साडी बरामद

प्रहरीले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँको चन्द्रागिरि नगरपालिकाबाट महिलालाई वितरण गर्न लागिएको ११० थान साडी बरामद गरेको छ ।प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले साडी बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

उक्त नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयबाट आचारसंहिता विपरीत स्थानीय महिलालाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि प्रहरी टोलीले साडी बरामद गरेको जनाइएको छ ।

उक्त साडी चन्द्रागिरि नगरपालिका-८ को वडा कार्यालयको भवनबाट स्थानीय महिला समूहलाई वितरण गर्न तयारी अवस्थामा राखिएको फेला परेको थियो ।चन्द्रागिरि नगरपालिका–८ का अध्यक्ष सन्तोष खड्काले शुक्रबार एक सूचनामार्फत महिलाहरुबाट साडी पाऊँ भनी निवेदन परेकाले सोही आधारमा साडी बुझिलिन आउन भनी आग्रह गर्नुभएको थियो । उक्त कार्यक्रम निर्वाचन आचारसंहिता विपरीत हो ।

शीर्ष समाचार

धेरै पढिएको