
नवलपरासी, कोभिड-१९ बाट सङ्क्रमित नवलपरासीका ३७ वर्षिया काङ्ग्रेस उपसभापति सुवासचन्द्र गिरिको उपचारका क्रममा मंगलबार बिहान ललितपुरस्थित पाटन अस्पतालमा दु:खद निधन भएको छ ।
रुपन्देहीको भैरहवामा रहेको मेडिकल कलेजमा पित्तथैलीमा रहेको पत्थरीको उपचारका क्रममा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनको पित्तथैलीमा पत्थरी देखिएपछि अपरेसन गरिएको पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिएका छन । छातीमा समस्या देखिएपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको पनि डाक्टर शाक्यले बताए ।
गिरिलाई कोरोना संक्रमण देखिएपछी साउन २८ गते बुटवलबाट भिम अस्पतालमा रिफर गरिएको थियो र निमोनियाको लक्षण पनि देखिन थालेपछि उनको परिवारले साउन ३० गते ललितपुर पाटन अस्पतालमा लगेका थिए ।





