September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

गठबन्धनमा समाजवादी बाइपास,माधव नेपाल तनावमा

नेकपा समाजवादीका नेताहरूले महानगर र उपमहानगरबाहेकका स्थानीय तहमा काँग्रेस माओवादी एकातिर र समाजवादी अर्कोतिर हुँदै गएको बताए। सहमति कार्यान्वयनमा काँग्रेस माओवादी जिम्मेवार नभएको समेत आरोप लगाएका छन् । काँग्रेस–माओवादीले बेवास्ता गर्दा माधव नेपाल नेतृत्वको नेकपा समाजवादी नगर र पालिका तहमा एक्लिनुका साथै काँग्रेस–माओवादी एकातिर र समाजवादी अर्कोतिर हुन पुगेकाे छ ।

शनिबार दिउँसोसम्मको अवस्थामा ७७ जिल्लामध्ये आठ–दशवटा बाहेकका जिल्लामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचमात्रै तालमेल भएको छ । नेकपा एकीकृत समाजवादीका नेता डा. विजय पौडेलले ६५ भन्दा बढी जिल्लामा काँग्रेस र माओवादीको मात्रै गठबन्धन बनेको जानकारी । उनले काठमाडौँ, कास्की, धनुषा, वीरगञ्ज, मोरङ, मकवानपुर, दोलखा, चितवन, दाङ, अर्घाखाँची लगायतका केही जिल्लामा सहमति जुटे पनि बाँकी जिल्लामा आफ्नो पार्टी एक्लै चुनाव लड्न लागेको बताए ।

‘देशका धेरै जिल्लामा काँग्रेस र माओवादी मिलेर समाजवादीलाई एक्ल्याएर ६५ भन्दा बढी जिल्लामा काँग्रेस र माओवादीकोमात्रै तालमेल भएको र ती जिल्लामा हामीलाई बाहिर राखेको पाइएको छ ।’

शीर्ष समाचार

धेरै पढिएको