September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

चिनियाँ सरकारले निःशुल्क अनुदान चक्रपथ दोस्रो खण्ड विस्तार हुदै

चिनियाँ सरकारले निःशुल्क अनुदानमा निर्माण गरिदिने घोषणा गरेको चक्रपथ सडकअन्तर्गत दोस्रो खण्डको विस्तारका लागि स्वयम्भूमा रहेका दुईवटा बिजुलीका टावर हटाइएको छ ।चक्रपथ विस्तार गर्न साइट क्लियरिङअन्तर्गत स्वयम्भू र सानो भ¥याङमा रहेका दुईवटा ६६ केभिका दुईवटा टावर नेपाल विद्युत् प्राधिकरणले हटाएको हो ।

प्राधिकरणले टावरका लागि आवश्यक उपकरण दोस्रो मुलुकबाट आयात गरी हटाउने काम गरेसँगै अब दोस्रो खण्डको चक्रपथ विस्तारका लागि साइट क्लियरिङको काम सम्पन्न भएको छ ।

गत पुस पहिलो साता चिनियाँ प्राविधिक टोलीले स्थलगत भ्रमणका क्रममा सो टावर नहटाएको प्रति प्रश्न उब्जाएका थिए । नेपाली पक्षले टावर हटाउने क्रममा रहेको भन्दै चिनियाँ पक्षलाई आश्वस्त पारेको थियो ।

चक्रपथ विस्तारअन्तर्गत दोस्रो सडकखण्डमा नेपालले पहिला साइट क्लिअर अर्थात् रूख, पोल र ढल हटाउनुपर्ने सम्झौतामा उल्लेख छ । त्यसपछि मात्र चिनियाँ पक्षले सडक विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जसअनुसार चक्रपथको चौडाइ बीचबाट दुवैतर्फ २५–२५ मिटर हुनुपर्नेछ । थप ६–६ मिटरमा नेपालले सर्भिस ट्र्याक बनाउनुपर्नेहुन्छ ।

दोस्रो खण्डअन्तर्गत कलंकीदेखि चक्रपथसम्म विस्तार गर्ने लक्ष्य राखेकोमा बिजुलीका टावर हटाएसँगै स्वयम्भूमा मन्दिर रहेको स्थानबाहेक सबै ठाउँमा साइट क्लियरिङको काम सम्पन्न भएको हो । आयोजना प्रमुख मेघराज मरासिनीले स्वयम्भूमा पुरातात्विक सम्पदाले केही समस्या देखिए पनि सम्पदाको हकमा ‘कन्सिडरेसन’ हुने देखिएको बताएका छन् । राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको