October 2, 2023, Monday
२०८० आश्विन १५, सोमबार

एमाले वित्त तथा कोष विभागको सचिवमा मदन भण्डारी नियुक्त

नेपाल कम्युनिस्ट पार्टी (एमाले) वागमती प्रदेश सम्पर्क कमिटीको तेश्रो पुर्ण बैठकबाट उक्त पार्टीको वित्त तथा कोष विभागको सचिवमा सिन्धुपाल्चोकको मदन भण्डारी नियुक्त भएका छन् ।

सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चको सिफारिसमा प्रदेश सम्पर्क कमिटिका अध्यक्ष अशोक कुमार ठकुरीले भण्डारी कोषको सचिवमा नियुक्त भएको घोषणा गरेका हुन् ।

कमिटीको गत पौष ३० मा सम्पन्न भएको वागमती प्रदेश सम्पर्क कमिटिको अधिवेशनबाट इन्चार्ज, विभाग प्रमुख तथा सचिव छनोट गर्न बाँकी थियो । एक दशकभन्दा धेरै समय सम्पर्क मञ्चको राजनीतिमा समय बिताएका भण्डारी जिल्ला सम्पर्क मञ्चको निवर्तमान सदस्य थिए ।

आसन्न स्थानीय चुनावमा भूगोलमै बसेर आफ्नो पार्टी र उम्मेद्बारलाई जिताउन प्रयास गरिरहेका भण्डारी आफुलाई पार्टीले योग्य ठाने सिन्धुपाल्चोकको सुनकोशी गाउपालिकाको वडा स्तरमा चुनावी प्रतिस्पर्धा गर्न पछि नपर्ने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको