September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

भुवन केसीले एमाले परित्याग गर्ने

कलाकारहरु भुवन केसी र रवीन्द्र खड्काले एमाले परित्याग गर्ने भएका छन् । उनीहरुले भोलि (बुधबार) पत्रकार सम्मेलन गर्दै एमाले परित्याग गरेको घोषणा गर्न लागेका हुन् ।

पछिल्लो समय पार्टीले बेवास्ता गरेको भन्दै उनीहरु असन्तुष्ट थिए । केसी र खड्का दुवैले स्थानीय तहको निर्वाचनमा टिकट पाउने अपेक्षा गरेका थिए । तर, पार्टी नेतृत्वले टिकट दिने बेवास्ता गरेपछि उनीहरु दुवैले पार्टी त्याग्न लागेका हुन् ।

केसीले काठमाडौं महानगरपालिकाको नेतृत्वमा चुनाव लड्ने चाहना राखेका थिए । उनले यसबारेमा पार्टी नेतृत्व पँक्तिलाई पनि जानकारी गराएका थिए । तर, नेतृत्वले उनलाई टिकट दिन अस्विकार गरेपछि उनी असन्तुष्ट थिए ।

शीर्ष समाचार

धेरै पढिएको