October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

धादिङमा सवारी साधन ठोकिँदा १७ जना घाइते

पृथ्वी राजमार्गमा आज तीन वटा सवारी साधनहरु एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी सत्र जना घाइते भएका छन् ।

पोखरावाट काठमाडौं आउदै गरेको बा ४ ख २७०४ नम्बरको माइक्रो बसले ओभरटेक गर्ने क्रममा विपरित दिशातर्फबाट जाँदै गरैको बा ८ च ७०३६ नम्बरको कारलाई ठक्कर दिँदा माइक्रोवसले पुनः उही दिशाबाट आएको ना ८ ख २०१४ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

यो दुर्घटनामा माइक्रोमा सवार १७ जना घाइते भएका इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ ।घाइते मध्ये चार जनाको अवस्था गम्भीर भएको र उनीहरुलाई उपचारका लागि काठमाण्डौँ लगिएको छ । अन्य घाइतेहरुको गजुरी र मलेखुस्थित अस्पतालहरुमा उपचार भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको