October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

राजस्व छली गर्नेहरू राजनीतिक शक्तिकेन्द्रलाई प्रभावमा पारी उम्कने दाउमा

करोडौं राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालक राजनीतिक शक्तिकेन्द्रलाई प्रभावमा पारी उम्कने दाउमा लागेको पाइएको छ । सरकारले राजस्व छली गर्नेहरूलाई कारबाही गर्ने नीति लिए पनि त्यसविपरीत उनीहरू उम्कने दाउमा लागेका हुन् ।

अर्थ मन्त्रालयले राजस्व छली गर्ने कार्यलाई निरुत्साहित गर्दै राजस्व वृद्धि गर्ने लक्ष्य राखे पनि राजस्व छली गर्नेहरू उम्कने रणनीतिमा लागेपछि अर्थ मन्त्रालयको सो लक्ष्यमाथि समेत गम्भीर प्रश्न खडा भएको छ ।

यस प्रकरणबाट बच्न भगवती लेमिनेट्सका केही सञ्चालकले शक्तिकेन्द्र धाउने कार्यलाई तीव्रता दिएका छन् । उनीहरूले अनुसन्धान प्रक्रियालाई प्रभावमा पार्न गलत उपायसमेत अपनाउन थालेको स्रोतको दाबी छ ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले पछिल्ला दिनमा यससम्बन्धी अनुसन्धानलाई खासै प्राथमिकतामा राखेको छैन । यसले इटहरी कार्यालयको अनुसन्धान प्रक्रियामाथि नै आशंका खडा भएको छ ।

इटहरी कार्यालयको अनुसन्धान राजस्व अनुसन्धान विभागको केन्द्रीय नेतृत्वले समेत विशेष निगरानी राख्दै आएको छ । यसले इटहरी कार्यालयलाई अनुसन्धान टुंगोमा पु¥याउन दबाब भने परेको बताइन्छ ।

इटहरी कार्यालयले अनुसन्धानलाई टुंगोमा पु¥याउन नसके विभागले केन्द्रबाटै विस्तृत छानबिन गर्नुपर्ने मागसमेत उठ्न थालेको छ । जिल्ला कार्यालयले ६ महिनाभित्र अनुसन्धान पूरा नगरे केन्द्रले नै आवश्यक छानबिन गर्नसक्ने कानुनी प्रावधान छ ।

स्रोतका अनुसार भगवती लेमिनेट्स प्रालिका सञ्चालकले छानबिन फितलो बनाउनेगरी अनुसन्धान अधिकृतलाई प्रभावमा पार्न खोजिरहेका छन् ।

सञ्चालकले विभिन्न शक्तिकेन्द्रसँग आफूहरूको सुमधुर सम्बन्ध रहेको भन्दै उम्कने अभिव्यक्ति निकटस्थसँग दिँदै आएका छन् । आर्थिक अपराधबाट उम्कन उनीहरूले विभिन्न खाले सेटिङको प्रयाससमेत जारी राखेका स्रोतको दाबी छ । राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको