
काठमाडौं, शनिबार नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि मतदान सम्पन्न भए पनि मतपेटिका आउने क्रम जारी भएकाले मतगणना अझै सुरु हुन सकेको छैन ।
हाल मतपेटिका आउने क्रम जारी रहेको नेपाल बार एसोसिएशन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिइन । आइतबार बेलुकासम्म मतपेटिका आइपुग्यो भने सोमबारदेखि मतगणना हुने उनको भनाइ छ ।
यसैगरी उदयपुर, धनकुटा र राजविराज मतदान केन्द्रबाट मतपेटिका आउन बाँकी । यसअघि उपत्यकाको काठमाडौँ केन्द्रसहित देशभर ३५ केन्दबाट मतदान भएको थियो ।
यस्तै काठमाडौँ केन्द्रमा ७१ प्रतिशतको हाराहारीमा मत खसेको छ । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेका छन् ।







