
डडेल्धुरा – बजारमा तरकारिकाे मूल्य आकासिय सगैं विधार्थि र वेराेजगार मानिसलाई समस्या भएकाे छ ।डडेल्धुरामा काेठा भाडा नै तीन चार हजार रहेकाे छ त्यसमा झन तरकारीकाे मुल्य बढदा एकछाक तरकारीका लागि सय रुपैयाँले पुग्दैनजसले गर्दा । तरकारि का लागि मात्रै महिनामा चार पाँच हजार अावश्यक पर्ने हुन्छ वागवजारमा डेरा गरि वसेका निरज मडैले भन्छन् छाक टार्नै गार्हो हुन्छ । डडेल्धुरा जिल्ला तरकारीका लागि प्रख्यात मानिन्छ ।
जिल्लाकाे अमरगढि नगरपालिका , भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिका तरकारी उत्पादनका लागि प्रख्यात मानिन्छन् । देशमा काेराेनाकाे कहर भएपछि किसानले लगाएकाे तरकारी कतिपय ठाउँमा बारीमै कुहियाे छ भने कति ठाँमा अभाव छ। अहिले लकडाउनु खुकुले भए सँगै जिल्ला सदरमुकाममा मानिसहरुकाे चहलपहल बढे पछि तरकारिकाे माग पनि बढेकाे छ । जिल्लाका अधिकासं किसानहरुले काेराेना माहामारिकाे समस्याले गर्दा न त तरकारिकाे बिउ पाए , न त लगाएकाे तरकारिकाे बजार नै पाए ।
लकडाउनु हुदा अाफ्नाे तरकारि बारिमै कुहिएकाे र पछि तरकारि लगाउनु खाेज्दा पनि बीउ नै नपाएको भागेश्वर ४ का किसान प्रेम अाेडले बताउछन् । अहिले जिल्ला सदरमुकामा टमाटर – रु१००प्रति के.जि., प्याज-रु८० लाैका-६०, भिन्डि – ८०, बन्दा ५० आलु – ७०, काउलि- १२०, धनिया – १२०, सिम्ला-१२०, काक्रा ६० रुपैयाँ प्रति के. जि. का दरले बिक्री गरिरहेकाे डडेल्धुरा सदरमुकामका व्यपारिहरुले जानकारि दिएका छन् ।
स्थानीय स्तरमा तरकारिकाे उत्पादन कम हुनु र माग बढि भएकाले तरकारिकाे मुल्य बढेकाे तरकारि व्यपारिहरुकाे भनाई छ । तरकारिकाे मुल्य बढेपछि आफुहरुले खरिद गर्न मुस्किल भएकाे काेठा भाडामा लिएर बस्नेहरुकाे गुनासाे छ ।





