
आज श्री शाके १९४३ बि.स.२०७८ साल चैत्र ७ गते सोमबार । इश्वी सन २०२२ मार्च २१ तारीख चैत्र कृष्ण पक्ष ।
राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झमेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झझट पैदा हुन सक्ला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्रजनको साथ सहयोग भरपुर रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन् सजग रहनु होला । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) साजेदारी काममा हात नहाले कै बेस रहने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) हरकोहिको पुर्ण बिश्वास नर्गनु होला धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।







