
पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी १३ सय ८५ जनाको एन्टीजेन परीक्षण गर्दासमेत ४१ जनामै संक्रमण देखिएको छ। २४ घण्टामा डिस्चार्ज हुनेको संख्या संख्या २१३ रहेको छ। अहिलेसम्म कोरोनाले ११ हज ९५०जनाको मृत्यु भएको छ।अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५७४ रहेको छ ।







