इन्जिनियर घिमिरे द्वारा पालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा
काठमाडौं फागुन ३० गते । सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिने जुगल गाउँ पालिकाको विकास र समृद्धिको लागिएक युवा इन्जिनियर ध्रुबराज घिमिरेले आफू स्वतन्त्र उम्मेद्बारी घोषणा गरेमा छन्।
घिमिरेले आइतबार एक प्रेस विज्ञप्ती सार्वजनिक गरेर उक्त घाेषणा गरेका हुन् ।
आगमि बैसाख ३० हुने स्थानिय सरकारकाे चुनाबमाक आफूले जुगल गाउँपालिकाको अध्यक्ष पदको उम्मेद्बारी दिने उनको निर्णय छ। जुगल गाउपालिकाको पहिलो सिभिल इन्जिनियर घिमिरेले गाउँ पालिकाको विकास र समृद्धिकोलागी “आधारभुत काम गरौ ,पार्टी भन्दा माथी जुगल बासी ” भन्ने मुल नाराको साथ उम्मेद्बारी दिने बताए ।
घिमिरेसंग दोलखादेखि दैलेखसम्म ताप्लेजुङ देखि दार्चुला सम्म सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं सहित दर्जनौ जिल्लाहरुका जनतासँग सँग प्रत्यक्ष जोडिएको सिभिल इन्जिनियर प्रोजेक्ट मेनेजरको रुपमा १ दशक काम गरेको अनुभव रहेकाे उनी निकट एक व्यक्तिले बताए ।
प्रतिकृया दिनुहोस्