June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

रोनाल्डोले सर्वाधिक गोलकर्ताको कीर्तिमान भङ्ग गरेका हुन् त ?

)

शनिबार टोटनह्याम हटस्पर्सविरुद्ध ह्याट्रिक गरेपछि क्रिस्टियानो रोनाल्डोको करियरमा गोल सङ्ख्या ८०७ पुगेको छ । रोनाल्डोले सन् २००८ यता युनाइटेडका लागि पहिलो ह्याट्रिक गरेपछि युनाइटेडले ३-२ ले खेल जितेको थियो ।

योसँगै रोनाल्डोले सर्वाधिक गोलकर्ताको कीर्तिमान भङ्ग गरेको दाबी गरिएको छ । चेक अस्ट्रियन खेलाडी जोसेफ बिकानले बनाएको ८०५ गोलको कीर्तिमान रोनाल्डोले तोडेको उनीहरूको भनाइ छ ।

तर फिफाको वेबसाइटले एकपटक मात्र बिकानले ८०५ गोल गरेको उल्लेख गरेको छ । त्यसमा पनि यसलाई अनुमानित सङ्ख्या भनेको छ र यसलाई रेकर्ड पनि भनेको छैन । रोनाल्डोको ह्याट्रिकपछि फिफाले ट्वीट गर्दा सो रेकर्डबारे कुनै कुरा उल्लेख गरेको छैन ।

चेक फुटबल एसोसिएसनका अनुसार सन् २००१ मा निधन भएका बिकानले ८२१ गोल गोल गरेका छन् । गोलबारे तथ्यांक राख्ने आरएसएसएसफले सुरुमा बिकानले ८०५ गोल गरेको बताए पनि हाल उक्त सङ्ख्या बढाएर ९५० गोलभन्दा बढीको तथ्यांक राखेको छ ।

लियोनेल मेस्सीले करियरमा ७५९ गोल गरेका छन् । यसमध्ये उनले ८० गोल अर्जेन्टिना, ६७२ गोल बार्सिलोना र पेरिस सेन्ट जर्मेनका लागि ७ गोल गरेका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको