May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

प्रकाश सपूतको गीतले माओवादीमा हलचल

तत्कालीन नेकपा माओवादीको नेतृत्वमा १० वर्ष लामो सशस्त्र युद्ध भयो । जसको बलमा मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीलगायतका ऐतिहासिक परिवर्तन भए । तर व्यवस्था बदलिएपनि परिवर्तनका लागि लड्ने योद्धाहरु र आमनागरिकको अवस्थामा भने सुधार आउन नसकेको आशयसहित ‘पिर’ नाम गीतको म्युजिक भिडियो गायक प्रकाश सपूतले शुक्रबार सार्वजनिक गरे ।

गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै नेकपा माओवादी केन्द्रमा हलचल पैदा भएको छ । माओवादीका नेता कार्यकर्ता गीतमा समावेश भएको दृश्यलाई लिएर सपूतमाथि खनिएका छन् ।


माओवादी र माओवादीप्रतिमा आस्था राख्नेहरुले गीतको भिडियोमा तत्कालीन महिला जनमुक्ति सेना यौनकर्ममा लाग्न बाध्य भएको चित्रण गरिएको भन्दै आपत्ति जनाएका हुन् । उनीहरुले सो भिडियो युट्युबबाट हटाउन सपूतलाई चेतावनी नै दिएका छन् ।
यो गीतका विषयमा अहिले सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस चर्किएको छ । गीतको म्युजिक भिडियोको सुरुमै जनयुद्धका एक घाइते पुरुष योद्धा आफ्नो पारिवारिक जीविका चलाउन काठमाडौंमा मासु पसल चलाउँदै आएको देखाइएको छ । तर, उनको आर्थिक अवस्था राम्रो हुन सकेको छैन ।

उनको मासु पसल खासै चल्दैन । आन्दानी नहुने हुँदा कोठामा उनको श्रीमतीसँग ठाकठुक पर्छ । उनलाई राम्रो आम्दानी हुने भन्दै विदेश जान सल्लाह जनयुद्धकै घाइते जीवनसंगिनीले दिन्छिन् ।

तर उनी ‘मर्न परे आफ्नै देशमा मर्ने’ भन्दै विदेश जान तयार नभएपछि श्रीमती नै विदेश जाने निर्णयमा पुग्छिन् । सोही निर्णयअनुसार पासपोर्ट बनाएर उनी विदेशिन्छिन् ।

‘बस्नेलाई पिर परेर हुनसम्म भा’छ
जानेलाई नजाउ भन्न नसकिने र’छ.
तिम्रो मयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाती चिर्दियो….’

शीर्ष समाचार

धेरै पढिएको