June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

दक्षिण कोरियाको २० औं राष्ट्रपतिमा युन सक निर्वाचित

दक्षिण कोरियाको २० औं राष्ट्रपतिमा युन सक यल निर्वाचित भएका छन् । फेब्रुअरी ९ तारिखक बुधबार भएको २० औं कोरियाका राष्ट्रपती निर्वाचनमा विपक्षी दल पिपल पावर पार्टीका उम्मेदवार युन सक यल निर्वाचित भएका हुन् । युन सकले थाेरै मतान्तरले मात्रै सत्तारुढ डेमोक्राटिक पार्टीकाउम्मेदवारलाई पराजित गरेका हुन् ।

बिहीबार सार्वजनिक गरिएको मतगणना अनुसार युन सकले ४८.५६ प्रतिशत मत प्राप्त गरेका हुन् भने उनका प्रतिदव्न्द्वी उम्मेदवार इजे म्याङले ४७.८७ प्रतिशत मत प्राप्त गरेका थिए । राष्ट्रपतिमा निर्वाचित भएपछि सम्बोधन गर्दै उनले पार्टीको मात्रै नभए र सम्पूर्ण देश र जनताको जित भएको बताए ।

शीर्ष समाचार

धेरै पढिएको