May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

सुनसरीमा करेन्ट लागेर एकको मृत्यु

सुनसरी, सुनसरीमा करेन्ट लागेर हुनेमा ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ कृष्णापथ पुष्पाञ्जली मार्गमा करेन्ट लागेर मौसम प्रधानको मृत्यु भएको हो ।

सुनसरी प्रहरीका अनुसार आइतबार बेलुका ६ बजे पदम बहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेन्ट लागि छतबाट भुइँमा लडी घाइते भएको थियो र्वउपचारको लागि धरानको घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी घटनाको जानकारी पाएलगतै घटनास्थल पुगेको वडा प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको